Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोन्ज्योसोम गाउँपालिकामा गोपीलालको पक्षमा माहोल बन्दै, यी हुन् उनले जित्ने आधार

कोन्ज्योसोम गाउँपालिकामा गोपीलालको पक्षमा माहोल बन्दै, यी हुन् उनले जित्ने आधार

दैनिकी न्यूज

२७, बैशाख २०७९
कोन्ज्योसोम गाउँपालिकामा गोपीलालको पक्षमा माहोल बन्दै, यी हुन् उनले जित्ने आधार
images

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गोपिलाल सिङ्तानको पक्षमा चुनावी माहोल देखिन्छ । लामो समय पालिकामा काम गरेको उनलाई यसपटक पनि स्थानीयले जनप्रतिनिधि बनाउँदै छन् । उनले यसअघिको कार्यकालमा उदाहरणीय काम गरेकोले स्थानीय उनीप्रति खुशी छन् । अघिल्लो चुनावका बाचा पूरा गरेका सिङ्तानले यसपटक ल्याएका नयाँ योजनाले झन् स्थानीयलाई लोभ्याएको छ । निस्वार्थ ढंगले पालिकामा यसअघि पाँच वर्ष नेतृत्व गरेका उनले पालिकालाई व्यवस्थित र सहरी सुविधाको पहँुचमा पुर्याएका छन् । स्थानीयको दैनिक जीवनमा सुधार हुनेगरी यसअघि उनले काम गरेका छन् । यसपटक पनि उनले स्थानीयको दैनिकीलाई सहज पार्नेगरी काम गर्ने लक्ष्य राखेका छन् । आफूले अघि सारेका नयाँ योजनामा काम गर्न यसपटक आफूलाई जिताउन उनले अनुरोध समेत गरेका छन् ।

करिव ७ हजार हाराहारी मतदाता रहेको यो गाउँपालिकामा यसअघि गोपीलालकै कारण यहाँका जनताको आधारभूत आवश्यकता, जनजिविकामा सुधार आउन सकेको हो । उनले पछिल्लो पाँच वर्षमा यहाँका कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले खेलेको भूमिका निकै महत्वपूर्ण मानिएको छ । यसपटक चुुनाव जितेपछि पनि उनले यी क्षेत्रमा काम गर्ने बताएका छन् ।

यसकारण पनि उनलाई जिताउनु पर्छ
उनी नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका हुन् । घरदैलो कार्यक्रममा क्रममा उनले यसअघि भन्दा अझ प्रभावकारी काम गर्ने बाचा स्थानीयसामु गरेका छन् । ‘मैले राम्रोे गरेको र नगरेको मुल्यांकन गर्ने जिम्मा स्थानीयकै हो,’ उनले भने, ‘आजसम्म मैले कुनै स्वार्थमा लागेर काम गरेको छैन ।’

उनी भारदेउका स्थानीय हुन सानैदेखि उनी समाजसेवा र राजनीति मा होमिएका थिए । आफ्नो गाउँ आफै बनाउँछु भन्ने नारासहित उनी गाउँको नेतृत्व गर्न अघि सरेका हुन् । उनले पछिल्लो पाँच वर्षे कार्यकालमा कोन्ज्योसोम क्षेत्रका विकासका काम गरेर उनले पालिकालाई राजधानी नजिकको भनेर हेर्नलायक बनाएका छन् ।

वितेको कार्यकालमा यी हुन् सिङ्तानले गरेका काम
– मध्यमार्गी सडक द्रुतगतिमा निर्माण सम्पन्न,
– चौघरे सिंगाने भञ्ज्याङ् देखि दलचोकि गोठ भञ्ज्याङ् सम्मको मोटरबाटो चौडा र स्तरोन्नति सम्पन्न,
– कोन्ज्योसोम गा.पा. वडा १ भारदेउमा कोन्ज्योसोम प्रतिमा निर्मान,
– कोन्ज्योसोम गाउँपालिकाको प्रशासनिक भवन निर्मान तथा उद्घाटन कोन्ज्योसोम १ चौघरेमामा सम्पन्न,
– कोन्ज्योसोम–१ चौघरे सिंगाने भञ्ज्याङ्देखि चौघरे स्वास्थ्य चौकि हुँदै कोन्ज्योसोम ३ दलचोकी गोठ भञ्ज्याङ् जाने सडक करिव ४ किमि कालोपत्रे तथा ढलान,
– कोन्ज्योसोम ३ दलचोकिमा निर्माणाधीन भ्यु टावर निर्माण,
– कोन्ज्योसोम २शंखुमा पालिकास्तरिय अस्पताल निर्माण गर्न आवश्यक सम्पुर्ण प्रक्रिया सकि निर्मार्णाधीन अवस्थामा,
– कोन्ज्योसोम–२ शंखुमा निर्माणाधीन छ्योर्देन गुम्बा बनाउन आवश्यक पहल सहित सहजीकरण र प्रदेश सरकारसँग समन्वय,
– कोन्ज्योसोमा–२ शंखुमा रहेको कृष्णप्रणामी मन्दिर स्तरोन्नति गर्न सहयोग गरेको र हाल फेरी प्रदेश सरकारबाट कृष्णप्रणामी मन्दिरको लागि बजेट व्यवस्था,
– कोन्ज्योसोम–२ शंखुको लिफ्टिङ खानेपानी आयोजना संचालनको लागि बजेटको व्यवस्था,
– कोन्ज्योसोम–१ चौघरेमा लिफ्टिङ खानेपानी आयोजना लगभग अन्तिम चरणमा रहेको।
– कोन्ज्योसोम–१ चौघरेमा पालिकास्तरिय खेलमैदान निर्माण गरेको,
– मध्यमार्गी सडक अन्तर्गत कोन्ज्योसोम–४ नल्लुबाट सडक स्तरोन्नति , चौडा र कालोपत्रे गर्ने कार्य सुरु गरेको,
– कोन्ज्योसोम ४ नल्लु पाथिभरा मन्दिर जाने सिंढी निर्माण,
– ललितपुरको कोन्ज्योसोम हुँदै काभ्रे जोड्ने सडक निर्माण,
– गुप्तेश्वर , नल्लु पाथिभरालगायत साँस्कृतिक महत्व बोकेका मठमन्दिर तथा गुफाको संरक्षण र पदमार्ग निर्माण,
– महाङ्काल गाउँपालिका–२ मानिखेल (कतुवन)देखि कोन्ज्योसोम–२ शंखु हुँदै बागमति गाउँपालिका–३ भट्टेडाँडा जोड्ने कृषि सडक निर्माण र स्तरोन्नति,
– पालिकाभित्रको सम्पुर्ण वडाको टो–टोल सम्म सहायक सडक निर्माण सम्पन्न,
– सडकको समस्याग्रस्त स्थानमा आवश्यक आर.सि.सि. ढलान गरेको,
– मध्यमार्गी सडक अन्तर्गत कोन्ज्योसोम–१ चौघरे ठोस्नेखोलामा बेलिब्रिज (मोटरेवल पुल ) निर्माण सुभारम्भ,
– कोन्ज्योसोम २ र ३ जोड्ने सिमलबोट र छापाकमा झोलुङ्गे पुल निर्माण,
– कोन्ज्योसोम गाउँपालिका र अन्य वडाहरुमा सुचना केन्द्रको स्थापना,
– पालिकामा नागरिक बडापत्रको व्यवस्था,
– कृषि पेशा र अन्य पेशा व्यवसाय गर्नेका लागि अनुदानको व्यवस्था,
– विपद र दैवीप्रकोपबाट पिडितको लागि राहत र सहयोगको व्यवस्था,
– स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार र व्यवस्थापन,
– शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गराउन प्रयास प्राविधिक शिक्षा र छात्रावासको व्यवस्था,
– संम्बन्धित पेशा व्यवसायलाई वैधानिकताको हिसाबले संचालन,
– सुरक्षाको प्रत्याभूति गराउन चौघरेमा प्रहरी चौकी निर्माण,
– कोन्ज्योसोम वडा ३ दलचोकि सिलिङ्गेबेशिदेखि क्वाक्लिङ, भैंसे हुँदै बागमती वडा ३ भट्टेडाँडा तिनपाने जोड्ने सडक निर्माणाधीन,
– ठोस्नेखोला करिडोर निर्माण,
– पालिकाभित्र सम्पुर्ण वडामा वैकल्पिक उर्जा अन्तर्गत करिव ३५० वटा सोलारबत्ति १ सेट बरावर करिब २०००० बराबरको सहयोग,
– गरिब तथा विपन्न वर्गका, एक्कल महिलालाई जिविकोपार्जनका लागि बाख्रा, तथा कुखुरा वितरण,
– भैंसी प्रवर्द्धन (पकेट ) कार्यक्रम,
– मासु प्रवर्द्धनअन्तर्गत पाडा पाडि कार्यक्रम,
– गाई ब्लक कार्यक्रम,
– किवि तथा चिया उत्पादन र प्रवर्द्धन कार्यक्रम,
– वित्तीय संस्थाललाई संस्थागत गर्दै स्थापना तथा शाखा कार्यालय संचालन गरी जनतालाई सेवा सुविधा दिन सहकारी तथा बैक संङ्ग समन्वयकारी भुमिका,
– लेले चन्दनपुर मोटरबाटो , मध्यमार्गी मोटरबाटो र विर्खेधारा दलचोकि, शंखु ईकुडोल हुँदै आश्रङ जोडिएको सडक स्तरोन्नति, चौडा र कालोपत्रे गर्न प्रदेशको मन्त्री तथा प्रदेश सांसद लाई चौघरेमा ल्याई छलफल गरेको र केन्द्र सरकार तथा पुर्व प्रधानमन्त्री प्रचण्डलाई समेत ध्यानाकर्षण गराउदै मागपत्र बुझाएको,
– वर्षायाममा बाढी तथा पहिरोको कारण बन्द भएका मोटरबाटो तत्काल स्वयं आफ्नै उपस्थितिमा मर्मत तथा सुचारु गराएको,
– कोरोनाको भयावह दोस्रो चरणमा चौघरेमा अस्थाई कोरोना केयर अस्पताल संचालन गरेको,
– कोरोना समय र सुत्केरी विरामिलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको,
– भुकम्प पछिको पुनर्निर्माण द्रुत गतिमा गराएको अब अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउन तयारिमा,
– अर्थिक बेरुजु अत्यन्तै कम र पारदर्शिता,

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २३:०१:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology