Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाबुराजाले बनाउने ललितपुर सहर कस्तो हो ?

बाबुराजाले बनाउने ललितपुर सहर कस्तो हो ?

दैनिकी न्यूज

२७, बैशाख २०७९
बाबुराजाले बनाउने ललितपुर सहर कस्तो हो ?
images

ललितपुर । बाबुराज बज्रचार्य पाटन क्षेत्रका रैथाने व्यक्ति हुन् । यहाँका संस्कृति सम्पदा र जात्रा पर्वको उनीसँग राम्रो बुझाई र ज्ञान छ । उनले यहाँका विहार र टोल सुधार समितिमा चार दशकदेखि महत्वपूर्ण भुमिका निभाउँदै आएका छन् । उनले ललितपुर सहरलाई अन्य सहरभन्दा भिन्दै आँखाले हेरेका छन् । यो सहर प्र्राचिन र पौराणिक भएकोले यहाँका विकास पनि अन्य सहरको भन्दा फरक ढाचामा गर्नुपर्ने उनको बुझाई छ । आफूले लामो समय सम्पदा संरक्षणको क्षेत्रमा काम गरेकोले पनि यहाँका नेवारी संस्कृतिलाई बचाए मात्रै पाटन सहरको अस्तित्व रहने उनको बुझाई छ ।

यसपटक महानगरको उपमेयर बन्न कस्सिएका उनले ललितपुर महानगरलाई व्यवस्थित पार्नेसहित कैयौं योजनाहरु लिएर चुनावी प्रचार प्रसारमा छन् । एकपटक आफूलाई ललितपुर सहर बनाउने अवसर दिन उनले महानगरवासीलाई अनुरोध समेत गर्दै आइरहेका छन् ।

१२ वर्षको उमेरदेखि राजनीति र सामाजिक काममा लागेका उनले पाटन क्षेत्रका सम्पदा संरक्षणमा निकै महत्वपूर्ण भुमिका निभाउँदै आएका छन् । यहाँका संस्कृति सम्पदा संरक्षण र सामाजिक कार्यमा बज्रचार्यको अग्रणी भुमिका छ । उनै बज्राचार्यले यस अवसरमा आफूलाई जिताउन महानगरवासीलाई अनुरोध गरेका छन् ।

स्थानीयले आफ्नो नजिकको प्रतिनिधिका रुपमा आफूलाई रोजेमा पाँच वर्षमा आफूले अघि सारेका योजनासँगै स्थानीयसँग हातेमालो गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले अघि सारेका कैयौं योजनामध्ये केहिलाई हामीले यहाँ उल्लेख गरेका छन् । यी आधारमा पनि उनलाई भोट दिन आवश्यक छ ।
– पाटन क्षेत्रको रैथाने नेवारी संस्कृति र परम्परालाई जीवत राख्ने,
– मुर्त र अमुर्त सम्पदाको संरक्षण गरी तीनको प्रवद्र्धन गर्ने,
– सुनाकोठी, हरिसिद्धि, खोकना, बुङमती र धापाखेललाई रिङरोड बाहिरको ऐतिहासिक क्षेत्र र पर्यटकीय क्षेत्रको रुपमा व्यवस्थित र विकास गर्ने,
– ललितपुर महानगरलाई ‘सफा सहर हाम्रो रहर’ का रुपमा चिनाउने,
– भाषा, कला, संस्कृतिमा लागेका जेष्ठ नागरिकलाई पेन्सनको व्यवस्था गर्ने,

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २३:४७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology