ललितपुर । ललितपुरको वडा नं. ८ मा माओवादी केन्द्रको वडाअध्यक्ष पुनः विजयी भएको छ ।
वडा नम्बर ८ मा माओवादी केन्द्रका सुक बहादुर लामा महिला वडा सदस्य बाहेक विजय भएको हो ।
लामाले ६५४ मत ल्याउदा उनका निकटम प्रतिस्पधी नेपाली कांग्रेसका उम्मेदवारे ५८३ मत ल्याएका थिए ।
त्यस्तै दलित महिला सदस्यमा माओवादी केन्द्रका उम्मेदवारले ६९०, खुल्दा सदस्यहरुमा माओवादीकै ६२५, ५७९ मत ल्याई विजय भएका छन् । तर दलित महिला सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ६२० मत ल्याइ विजय भएका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा शुक बहादुर लामामो प्यानलै स्वतन्त्र रुपमा विजय भएको थियो ।