Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरको कोञ्ज्येसोममा एमालेको अध्यक्षमा लामा विजयी

ललितपुरको कोञ्ज्येसोममा एमालेको अध्यक्षमा लामा विजयी

दैनिकी न्यूज

२, जेठ २०७९
ललितपुरको कोञ्ज्येसोममा एमालेको अध्यक्षमा लामा विजयी
images

ललितपुर । ललितपुरको कोञ्ज्येसोम गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी भएका छन् ।

अध्यक्षमा लामाले ३ हजार १ सय ४ मत ल्याएर विजयी भएका हुन् । लामाका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गोपीलाल सिंतानले २ हजार ५ सय ९ मत ल्याएका छन् ।

गाउँपालिकाका पाँच वडामध्ये दुईमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र एकमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नम्बर २ सङ्खुमा एमालेका रोहन लामा, वडा नम्बर ३ दलचोकीमा नेपाली कांग्रेसका तिलक बहादुर बोम्जन र वडा नम्बर ४ नल्लुमा कांग्रेसका तीर्थ घलान र वडा नम्बर ५ मा माओवादी केन्द्रका विजय तामाङ विजयी भएका छन् ।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - २०:५७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology