Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

२३५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

२३५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

दैनिकी न्यूज

३, जेठ २०७९
२३५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक
images

काठमाडौँ । २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा (माओवादी केन्द्र)ले ५१, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।

मंगलबार ६ बजेको परिणामअनुसार कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ भने एमालेले १२० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६७, नेकपा (एकीकृत समाजवादी) ले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् । एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी २७, लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २१ ठाउँमा अगाडि छन् ।

उपप्रमुख/उपाध्यक्ष तर्फ कांग्रेसले १०५, एमाले ६४, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् । यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०६:१४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology