Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

२३५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

२३५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

दैनिकी न्यूज

३, जेठ २०७९
२३५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक
images

काठमाडौँ । २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा (माओवादी केन्द्र)ले ५१, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।

मंगलबार ६ बजेको परिणामअनुसार कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ भने एमालेले १२० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६७, नेकपा (एकीकृत समाजवादी) ले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् । एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी २७, लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २१ ठाउँमा अगाडि छन् ।

उपप्रमुख/उपाध्यक्ष तर्फ कांग्रेसले १०५, एमाले ६४, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् । यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०६:१४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology