Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महाँकाल गाँउपालिकाको अध्यक्षमा केसी र उपाध्यक्षमा गोले विजयी

महाँकाल गाँउपालिकाको अध्यक्षमा केसी र उपाध्यक्षमा गोले विजयी

दैनिकी न्यूज

३, जेठ २०७९
महाँकाल गाँउपालिकाको अध्यक्षमा केसी र उपाध्यक्षमा गोले विजयी
images

ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार गणेश बहादुर केसी र उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले विजयी भएकी छिन् ।

गाँउपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञावालीका अनुसार नेपाली काँग्रेसका उम्मेदवार केसीले ३ हजार ४५५ मत प्राप्त गरेर विजयी भएको हो । उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) की कमला तामाङले २ हजार ८८७ मत ल्याएकी छिन् ।

नेकपा (माओवादी केन्द्र) का नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २३८ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी गोलेले ३ हजार १५२ ल्याएकी छिन् । उनका निकतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७८७ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारहरु वडा नं. १ रामप्रसाद घिमिरे, वडा नं. २ जोनी कुमार न्यासुर, वडा नं. ३ मनोज कुमार पराजुली, वाड नं. ४ कृष्णप्रसाद (सीताराम) तिमल्सिना, वडा नं. ५ भूमिनन्द घिमिरे र वडा नं. ६ विनोद चौरेल विजय भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्ष, उपाध्यक्ष सहित ४ वडामा जित हासिल गरेको थियो भने नेपाली कांग्रेसले १, माओवादी केन्द्रले १ वटा वडामा जितेका थिए ।

images
प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०७:२६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology