Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो

दैनिकी न्यूज

४, जेठ २०७९
सार्वजनिक यातायातको भाडा बढ्यो
images

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो ।

साबिकको भाडादरमा ५.१ प्रतिशतसम्म बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढसँगै स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा समायोजन हुने व्यवस्थाअनुसार विभागले भाडा बढाएको हो । नेपाल आयल निगमले गत शनिवार गरेको डिजेलको मूल्यवृद्धिलाई आधार मानेर भाडा वृद्धिको निर्णय गरिएको विभागको सूचनामा उल्लेख छ ।

इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी घटबढ हुँदा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घटबढ हुन्छ । बढेको भाडा दुई वा दुईभन्दा बढी प्रदेश भएर (राष्ट्रिय स्तरको रुटमा) चल्ने सार्वजनिक सवारीसाधनमा बुधवारदेखि लागू हुने विभागको भनाइ छ । अब प्रदेश सरकारहरूले पनि यसैलाई आधार मानेर सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्नेछन् ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०६:२२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology