काठमाडौँ। सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर रहेको छ । सोमबार र मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदी पनि तीन दिन देखि एकै मुल्यमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य बढेको भएपनि त्यसपछि भने सुन आइतबारकै मुल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार २ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । यस अघि शुक्रबार चाँदी यसै मूल्यमा कारोबार भएको थियो ।