Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

दैनिकी न्यूज

११, जेठ २०७९
पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी
images

कास्की । पोखरा महानगरपालिका मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएको हो ।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छिन् । उनले ६० हजार ५ सय ४६ मत प्राप्त गरे उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरे । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गरे । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाए ।

यस्तै, मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे भने स्वतन्त्र लौरो चिन्हका उमेद्वार खडकराज पौडेल गणेशले ३ हजार ३० मत प्राप्त गरे । पोखराका ३३ वटा वडामा नेपाली कांग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उम्मेदवारले वडा अध्यक्षमा विजयी भएका छन् ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०८:५२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology