काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ। बिहीबारको बृहत पूर्ण इजलाससले निजगढको विकल्प खोज्न आदेश दिएको हो।
सर्वोच्चका न्यायाधीहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, मनोजकुमर शर्मा र प्रकाशमान सिंह राउतको इजालसले निजगढ विमानस्थल बनाउने सरकारी निर्ण बदर गर्ने फैसला गरेका छन्।
अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले सर्वोच्चमा रिट दायर गरेका थिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थलको विकल्पको रुपमा निजगढ विमानस्थल विभिन्न चरणमा बनाउने निर्णय गरेको थियो।
सर्वोच्च अदालतले यसअघि नै विमानस्थल निर्माण कार्य अघि नबढाउन आदेश दिएको थियो। तर सरकारले भने विभिन्न कम्पनीहरुसँग प्रस्ताव माग गर्दै काटिने रुखहरुको गणना र जग्गा अधिग्रहणका काम गरिरहेको थियो।
पहिलो चरणमा एउटा धावनमार्गसहितको निजगढ विमानस्थल निर्माणको लागत १ खर्ब ६५ अर्ब रुपैयाँ अनुमान गरिएको छ।