Logo

बुधवार, श्रावण २७ गते २०८३

images

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सरकारको तयारी

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सरकारको तयारी

दैनिकी न्यूज

१३, जेठ २०७९
पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सरकारको तयारी
images

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार प्रतिनिधिसभामा उपभोक्तामाथि मूल्यवृद्धि परेको मार कम गर्न सरकारले कम घटाउने प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन्।

उनका अनुसार जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकमा कर घटाउने प्रस्ताव पेश भई अर्थ मन्त्रालयमा विचाराधीन रहेको छ।

समय लिएर सदनलाई मूल्यवृद्धिबारे सरकारको धारणा राख्दै बडूले भने, ‘मूल्यवृद्धिका कारण सर्वधारणमा परेको मारलाई ध्यान दिएर सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ। प्रस्ताव मन्त्रिपरिषदमा पेश भएर अर्थमन्त्रालयमा पुगेको छ।’

सरकारले पेट्रोलियम पदार्थमा धेरै किसिमका कर लगाउँदै आएको छ।

हाल बजार मूल्य १८० रुपैयाँ रहेको एक लिटर पेट्रोलमा सरकारले ६३ रूपैयाँ ३४ पैसा कर उठाउँदै आएको छ।

डिजेल, मट्टितेल, ग्यासमा समेत सरकारले यही अनुपातमा कर लगाएको छ।

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - १५:३४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology