Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

राज घिमिरेको घोषणा–घरघरमै वृद्धभत्ता, तलबसुविधा विपन्नको शिक्षामा खर्च गर्ने

राज घिमिरेको घोषणा–घरघरमै वृद्धभत्ता, तलबसुविधा विपन्नको शिक्षामा खर्च गर्ने

दैनिकी न्यूज

१४, जेठ २०७९
राज घिमिरेको घोषणा–घरघरमै वृद्धभत्ता, तलबसुविधा विपन्नको शिक्षामा खर्च गर्ने
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेले वडाबाट कुनै पनि किसिमको तलब सुबिधा नलिने बताउँदै वृद्ध वृद्धाहरुलाई घरघरमै वृद्धभत्ता पु¥याउने बताएका छन् ।
बैशाख ३० गते भएको निर्वाचनमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए । वडामा आफू निर्वाचित भएपछि उनले रचनात्मक कामको थालनी गरेका छन् । वडाभित्र सरसफाई, फोहोर व्यवस्थापनलगायत पयर्टकीय क्षेत्रको विकासको लागि उनी तत्पर देखिएका छन् । उनले वडाभरी मासिक १५ हजार लिटर पानी खपत गर्नेलाई महसुल छुट दिने व्यवस्था गरिने निर्णय गरिसकेका छन् ।
खानेपानी खेर जाने अवस्था भएकोले यस्तो निर्णय गरेको उनले बताए । ‘यस वडाका सानातिना काम जसमा वडावासीले निकै दुःख पाएका छन्, त्यसमा मैले विषेश ध्यान दिएर काम गर्छु,’ उनले भने, ‘यसबाहेक अन्य वडावासीका समस्या समाधान गर्दै पाँच वर्षभित्रका वडालाई व्यवस्थित पार्ने हो ।’ उनले वडाको विकासको लागि योजना र अन्य सम्भाव्यता समेत खोजि गरेको बताए । त्यसो त उनी वडाध्यक्ष हुनु अघि नै स्थानीयको सेवा र सामाजिक कार्यमा दौडन लागेको एक दशक बित्यो ।
आफूले सामाजिक क्षेत्रमा गरेका काम देखेरै पार्टीले आफूलाई अघि सारेपछि निर्वाचित भएको उनको भनाई छ । ‘मैले गोदावरी क्षेत्रमा लामो समय काम गरे, अब त झन्् वडाध्यक्ष भएर स्थानीयको सेवा गर्न पाएँ, समाजसेवीको रुपमा लामो समय खटिएकोले पनि पार्टीले मुल्यांकन गरेको छ,’ उनले सुनाए, ‘आफूले जहाँ सेवा गरिन्छ र दुःख भोगिन्छ त्यो ठाउँमा नेतृत्व गर्न पाउँदा खुशी लागेको छ ।’

 

यो पनि पढ्नुहोस्

राज घिमिरेलाई यसकारण पनि स्थानीयले रोज्नुपर्छ

आजदेखि राज घिमिरेको घरदैलो अभियान शुरु, जिरोदेखि हिरोसम्म, हिरोदेखि वडाध्यक्षसम्म

वडाध्यक्षमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा

कलाकार राज घिमिरे भन्छन्– आजसम्म गोदावरीकै हितको निम्ति काम गरें भोली पनि यही गर्छु

को हुन्– गोदावरी नगरपालिका–३ का वडाध्यक्ष उम्मेदवार राज घिमिरे ?

 

 

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - २०:२३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology