Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बैंकको ब्याजदर फेरि बढ्न सक्ने

बैंकको ब्याजदर फेरि बढ्न सक्ने

दैनिकी न्यूज

१५, जेठ २०७९
बैंकको ब्याजदर फेरि बढ्न सक्ने
images

काठमाडौं । केन्द्रीय बैंकले नीतिगत व्यवस्थालाई निरन्तरता दिने भए पनि बाह्य दबाव कम गर्न ब्याजदर चलाउन सक्ने संकेत गरेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा अनुरूप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरूलाई यथावत् राखिएको जनाएको छ।

तर, आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरणहरूको प्रयोग गर्ने राष्ट्र बैंकले सङ्केत गरेको देखिन्छ। मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने राष्ट्र बैंकले जनाएको छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - ०८:०७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology