काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।
बिहान करिब ९ः५५ मिनेटमा उडेको विमान १०ः१५ बाट सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन बाँकी छ ।