Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेप्से ७.२१ अंकले घट्यो

नेप्से ७.२१ अंकले घट्यो

दैनिकी न्यूज

१८, जेठ २०७९
नेप्से ७.२१ अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से ७ दशमलव २१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा पुगेको हो । मंगलबार नेप्से ३५ दशमलव ५३ अंकले घटेर दुई हजार एक सय ३७ दशमलब ९२ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज मैलुङखाला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५२८ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १३९.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज शिखर इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । यस कम्पनीको आज १२ करोड १३ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - १७:२५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology