उमेश घलान/बारा । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि त्यसको विरुद्धमा दिनप्रतिदिन विरोध प्रदर्शन भइरहेको छ ।
यसै विषयलाई लिएर निजगढ नगरवासी समाजसेवि र विकास प्रेमि युवा, व्यवसायहरुले शुक्रबार पनि नवौं दिन सहिद चोकमा विरोध प्रर्शन गरेका छन् ।
निजगढ सहिद चोकमा एक घन्टा सडक अवरोध गर्दै युवाहरु विच सडकमा नारा वाजी लगाउदै प्रदर्शन गरेका थिए ।
अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण र राष्ट्रिय हित विरुद्ध रहेको निजगढवासीहरुले बताएका छन् ।
यसप्रकारको फैसलाले न्यायिक प्रणालीप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने निजगढ वासी युवाहरुले बताएका छन् । युवाहरुले नेपाली लोक बाजा मादल बजाएर नारा लगाएका छन ।
सहिद चोकमा लामबद्ध रहेर सडक अवरुद्ध गरेका युवाहरुले उक्त विरोध कार्यक्रम कोण सभामा परिणत गरी शुक्रबारलाई स्थागित गरेको छन ।
कार्यक्रमलाई सम्बोधन, खड्गप्रसाद उप्रेती, कुमार लामा योन्जन, दुर्गा कोईराला, एकबहादुर श्रेष्ठ लगायतले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र राष्ट्रले समेत महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रुपमा रहेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएर सर्वोच्च अदालतले गलत कार्यगरेको बताएका छन् ।
कार्यक्रम संचालन जयराम कुवँरले गरेका थिए ।