काठमाडौं । रुपन्देहीमा यात्रु बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका छन्।
आज बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।
घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ ।
रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन।