काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ को १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
यो शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
छिटोमा असार १५ गतेसम्म विक्री खुला हुने यस आईपीओ उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३० गतेसम्म विक्रीमा रहनेछ ।
यो आईपीओ खरीदका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । इच्छुक खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।