Logo

बुधवार, श्रावण २७ गते २०८३

images

६० अंकले बढ्यो नेप्से सूचक

६० अंकले बढ्यो नेप्से सूचक

दैनिकी न्यूज

२५, जेठ २०७९
६० अंकले बढ्यो नेप्से सूचक
images

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६० दशमलव २२ अंकले बढेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ११.२५ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा २३१ कम्पनी सामेल भएका छन्। ती कम्पनीहरुको ५० लाख कित्ता सेयर बिक्री भएको छ। यो भनेको एक अर्ब ६४ करोडको कारोबार हो।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। लगानी र बैंक उपसमूहको परिसूचक भने यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

आज १९३ कम्पनीको सेयर बढ्दा दुईवटाको मात्रै घटेर एकको उही मूल्यमा कारोबार भएको छ।

आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त, बलेफी हाइड्रो, कालिका लघुवित्त र तेह्रथुम पावर कम्पनीको १० प्रतिशतले सेयर बढेको छ। यी कम्पनीहरुको क्रमशः प्रतिकित्ता १४३ रुपैयाँ, २१२.६० रुपैयाँ, २०.३० रुपैयाँ, १०५ रुपैयाँ र ३८.८० रुपैयाँले बढेको हो।

उक्त कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेले भने आज ४.११ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

आज अरुणभ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५ करोड १२ लाख रुपैयाँको सेयर बिक्री भएको हो। 

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - १५:५९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology