सप्तरी । सप्तरीमा चट्याङ लागेर आज बिहीवार दिउँसो दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा बोदे बरसाइन नगरपालिका वडा नं. ३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव रहेका प्रहरीले जनाएको छ ।
घर नजिकै गाईगोरु चराउन गएका बेला चट्याङ लागेर उनीहरूको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाको चट्याङ परेर घटनास्थलमै मृत्यू भएको हो ।
मृत्यू भएकाहरूको शव अहिले पोस्टमार्टमका लागि राजविराजको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाइएको छ ।