Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लुम्बिनी प्रदेशका राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशका राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

दैनिकी न्यूज

३१, जेठ २०७९
लुम्बिनी प्रदेशका राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा
images

घोराही । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुलसीपुरमा एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले मंगलबार बिहान राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए ।

उनका अनुसार राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५का एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई हातपात गरेकी थिइन । घरमै पुगेर उनले भण्डारीलाई हातपात गर्दा विवाद भएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

‘‘स्वास्थ्य राज्यमन्त्रीज्यूले एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई कुटपिट गरेपछि त्यहाँ विवाद भएको रहेछ,’’ प्रहरी निरीक्षक स्वाँरले भने, ‘‘प्रहरीलाई जानकारी आएपछि हामी त्यहाँ पुगेर राज्यमन्त्री वलीलाई लिएर आएका हौँ । अहिले विवादका बारेमा बुझ्ने काम भइरहेको छ ।’’

उनका अनुसार राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछको काम भइरहेको छ ।

उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।

नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी नेकपा (माओवादी केन्द्र) मा लागेकी थिइन् ।

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - १४:१७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology