काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९६ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९७ हजार १०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १२ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १२ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।