Logo

बुधवार, श्रावण २७ गते २०८३

images

रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपीओ निष्काशन गर्दै

रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

५, आषाढ २०७९
रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सकिनेछ।

निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ भने ढिलोमा साउन १० गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्।

सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - १०:५३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology