काठमाडौं । कम आय भएका परिवारहरुलाई लघु आवास कर्जामा पहुँच पु¥याउने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ । नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विजनेस पार्टनरसिप प्लेटर्फम कार्यक्रमको सहयोगमा मंगलबार ललितपुरको हिमालय होटलमा छलफल तथा अन्तक्र्रिया तथा गोष्ठी गरिएको हो । लघुवित्त संस्थाका प्रतिनिधिहरु, विभिन्न दातृ निकायका प्रतिनिधिहरु र नियमक निकाय नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुको सहभागीता रहेको उक्त गोष्ठीमा लघु आवास कर्जाको विषयमा छलफल भएको थियो । साथै हालसम्म लघु आवास कर्जाको माध्यमबाट बनेका घर र आगामी योजनाको विषयमा पनि गोष्ठीमा छलफल भएको थियो । गोष्ठीको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै नेपालका लागि अस्ट्रेलियाका राजदुत फेलिसिटी भोल्कले नयां नयां प्रक्रियाहरुको खोज गर्दै समावेशी उद्यम ब्यवसायहरु संचालन गरी दिगो व्यवसायिक प्रतिफल समेत आर्जन गर्न सकेमा दिर्घकालीन समस्याहरुको समाधान गर्न सकिने बताइन् । उनले भनिन्, ‘कम आय भएका परिवारहरुसंग वाणिज्य बैंकहरुमा धितो राखी कर्जा लिन सक्ने अवस्था नहुने भएकाले यी संस्थाहरुले सुरक्षित आवासमा लगानी गर्न धेरै गाह्रो हुने गर्दछ, लघुवित्त संस्थाहरुसंग यस्ता परिवार सम्म पुग्ने सञ्जाल पर्याप्त भएता पनि आवश्यक प्राविधिक क्षमताको कमीले लघु आवास कर्जा सेवा उपलब्घ गराउने उपयुक्त प्रक्रिया नहुन सक्दछ ।’ उनले यस्तो क्षमता अभिवृद्धी गराउनको लागि अस्ट्रेलिया सरकारको व्यवसाय साझेदारी कार्यक्रमले सहयोग गर्ने बताइन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुनाकर भट्टले नेपाल लघुवित्त बैंकर्स संघ, अस्ट्रेलिया सरकार वैदेशिक सहायता तथा व्यापार, विजनेस पार्टनरसिप प्ल्ेटर्फम र हेबिट्याट नेपालको सहकार्यमा आबास कर्जा प्रवद्र्धनको क्षेत्रमा भएका उपलब्धिहरु सराहनीय भएको बताए । उनले आगामी दिनमा केन्द्रीय बैंक आवश्यक सहयोग गर्न तथा नीति नियमहरु निर्माणमा सकारात्मक रहेको बताए ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालका प्रतिनिधिहरुले आ आफ्नो अनुभव आदानप्रदान गरेका थिए । उनीहरुले प्राविधिक सहयोगमा कम आय भएका परिवारका लागि उपयुक्त र किफायती आवास कर्जाको प्रोडक्ट निर्माण गरी सेवा पुर्याउँंदा सहज भएको अनुभव साटे । जीवन विकासका प्रतिनिधिले आफ्नो संस्थाले विकास गरेको आवास कर्जा, ग्राहक केन्द्रीत र कम आम्दानी भएका परिवारका लागि उपयुक्त रहेको जसले देशको आवास निर्माणको आवश्यकतालाई पूर्ति गर्नमा मद्दत पुगेको कुरालाई जोड दिए ।
ह्युम्यानिटीको टरविलिंगर सेन्टर फर इनोभेसन इन शेल्टर मा पनि प्रकाशित गरिएको छ । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार, नेपालका २ मध्य १ परिवार कम गुणस्तरको असुरक्षित घरमा बसी रहेका छन् । अधिकांश विपन्न परिवारहरुले उपयुतm आवास कर्जामा पहुँच पाउन सकेका छैन । प्रमुख कारण नियमित आम्दानीको श्रोत र धितोको अभाव रहेको देखिएको छ । शहरी विकास तथा भवन निमार्ण विभागले सन्२०१४ मा तयार पारेको व्यवसायिक योजना अनुसार सन् २०२४ सम्ममा नेपालमा २० लाख घरहरुको आवश्यकता रहेको छ भने त्यसको १ तिहाई माग ग्रामीण क्षेत्रमा रहेको बताइएको छ । हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालले सन् २०२० र २०२१ मा गरेको वजार अध्ययनले कम आय भएका तर लघु आवास कर्जामा पहुँच नभएका परिवारमा यो कर्जा लगानीकोठूलोअवसर रहेको देखाएको छ । उक्त अध्ययनका अनुसार ६२ प्रतिशत सहभागीहरुको आगामी २ वर्षमा घर मर्मत वा नयाँ घर निर्माण गर्ने योजना रहेको बताएका थिए भने २६ प्रतिशत सहभागीहरुले आफूले अन्य आयमुलक शीर्षकमा लिएको ऋणलाई आवास निर्माण तथा मर्मतमा खर्च गरेको बताएका थिए । यसबाट पनि लघु आवास कर्जाको अत्यन्त ठूलो माग रहेको देखिन्छ । आवास कर्जाको उपयोगले कम आय भएका परिवारकोधेरै पक्षहरुमा सकारात्मक परिणाम आएको पाइएको छ । हेविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालका वित्तीय समावेशिकरण विभागका वरिष्ठ व्यवस्थापक सुनिल खनालका अनुसार हेविट्याट नेपालले गरेको सर्वेक्षणमा आवास कर्जा लिएका ६५ प्रतिशत सदस्यहरुले आँफुले घर बनाएपछि समाजमा मार्यादित र सम्मान पाएको अनुभव बताएका छन्। करीव ८० प्रतिशत आवास कर्जा लिएका सदस्यहरुले आफ्नो सुरक्षित घर बने पश्चात्विगतमा नगरी नहुनेखर्चहरु जस्तै बारम्बारको मर्मत सम्भार खर्च, औषधी उपचार खर्च कम हुन गई आय बढाउने काममा धेरै समय दिन पाइएको, जसले गर्दा उत्पादकत्वमा बृद्धि आएको देखिएको बताए । हेविट्याट नेपालले प्राविधिक सहयोग गरेका संस्थाहरुले उनीहरुका ग्राहक वा सदस्यहरुलाई घर मर्मत गर्न, बिजुली बत्ती तथा खानेपानी जडान गर्न, कोठा थप गर्न, नयां घर निर्माण गर्नका लागि सहयोग गर्दै आइरहेका छन् ।