Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अप्पर सोलु हाइड्रोले सर्वसाधारणको लागि असार २० गतेदेखि आईपीओ निष्कासन गर्ने

अप्पर सोलु हाइड्रोले सर्वसाधारणको लागि असार २० गतेदेखि आईपीओ निष्कासन गर्ने

दैनिकी न्यूज

९, आषाढ २०७९
अप्पर सोलु हाइड्रोले सर्वसाधारणको लागि असार २० गतेदेखि आईपीओ निष्कासन गर्ने
images

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन ।

आईपीओमा आवेदन दिने समय असार २३ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन २ गतेसम्म समय थप हुनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । 

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०८:१४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology