Logo

बुधवार, श्रावण २७ गते २०८३

images

७५३ स्थानीय तहले एकसाथ आज बजेट ल्याउदै

७५३ स्थानीय तहले एकसाथ आज बजेट ल्याउदै

दैनिकी न्यूज

१०, आषाढ २०७९
७५३ स्थानीय तहले एकसाथ आज बजेट ल्याउदै
images

काठमाडौं । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।

कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।

१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०८:५४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology