Logo

बुधवार, श्रावण २७ गते २०८३

images

घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

दैनिकी न्यूज

११, आषाढ २०७९
घट्यो पेट्रोलियम पदार्थको भाउ
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको भाउ घटाएको जानकारी दिए।

पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।

हाल पूर्वाधार करबापत पेट्रोल–डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो। नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएको थियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - २१:३९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology