Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री

दैनिकी न्यूज

१२, आषाढ २०७९
एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री
images

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का ४ जना मन्त्री नियुक्त भएका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको कार्य विभाजन गरेकी हुन्।

एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका छन्।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी गराएको छ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी गराएको छ।

गत २२ जेठमै एकीकृत समाजवादीले गरेको निर्णय अनुसार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम पठाएको थियो। तर, बजेटमाथिको छलफलमा सहभागी हुन पाउनपर्ने भन्दै मन्त्रीहरुले राजीनामा नदिएपछि सपथ रोकिएको थियो।

नवनियुक्त मन्त्रीहरूको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुनेछ। 

images
प्रकाशित मिति :आषाढ १२, २०७९ आइतवार - १९:५२:३१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology