Logo

बुधवार, श्रावण २७ गते २०८३

images

असार २४ गतेदेखि अपर हेवाखोला हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने

असार २४ गतेदेखि अपर हेवाखोला हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने

दैनिकी न्यूज

१४, आषाढ २०७९
असार २४ गतेदेखि अपर हेवाखोला हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने
images

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा आवेदन दिने समय असार २८ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ६ गतेसम्म समय थप हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०७:०५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology