काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो सुनको भाउ प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय ४० रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।