काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगमले पेट्रोलको भाउ २ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ ९ रुपैयाँ बढाएको हो। यस्तै हवाइ इन्धनको भाउ ५ रुपैयाँले बढाएको छ ।
अब पेट्रोलको भाउ प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको १९० पुगेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।