Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आजदेखि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

आजदेखि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

दैनिकी न्यूज

२४, आषाढ २०७९
आजदेखि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला
images

काठमाडौं । आजदेखि अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गर्दैछ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - ०६:२९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology