Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट २ जना पक्राउ

दैनिकी न्यूज

२४, आषाढ २०७९
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट २ जना पक्राउ
images

ललितपुर । एक २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका–५ घर भएका ३५ वर्षीय ईलिभास मिया रहेका छन् ।

उनीहरूले ती महिलालाई ईमाडोल सेतीपाखास्थित निजहरूको डेरा कोठामा लगी आइतबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १२:११:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology