काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक पर्ने हात–हतियार खरिद सम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि नेपाल प्रहरीले हात–हतियारको अभावको समस्या झेल्दै आएको परिप्रेक्ष्यमा नेपाल सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक हात–हतियार खरिद गर्ने प्रक्रियामा रहेको प्रहरीले स्पष्ट पारेको हो ।
हेर्नुहोस विज्ञप्ति
