काठमाडौं । सोमवार नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५० लाख २५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।