Logo

बुधवार, श्रावण २७ गते २०८३

images

यसरी भयो हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड

यसरी भयो हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

२८, आषाढ २०७९
यसरी भयो हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड
images

काठमाडौं । आज हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको थियो। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको थियो।

कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता (२ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओमा १५ लाख ९५ हजार ५५४ आवेदकबाट कुल १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता सेयर माग भएको थियो। तीमध्ये १५ लाख ९३ हजार ७९६ आवेदकबाट परेको १ करोड ७७ लाख ३४ हजार ३७० कित्ता सदर भएको छ। यसमा १ हजार ७५८ आवेदकबाट परेको १९ हजार ९३० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्ये २० कित्ताभन्दा बढी आवेदन दिने भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। सदरमध्ये १४ लाख १० हजार ७४९ आवेदकको हात खाली भएको छ।

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - १०:५७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology