Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

२९, आषाढ २०७९
नेप्से दोहोरो अंकले बढ्यो
images

काठमाडौं । बुधबार नेप्से सूचक ५९ दशमलव ५४ अंकले बढेको बजार १९८६.८२ बिन्दुमा पुगेर रोकिएको छ । बुधबार ३।०९ प्रतिशतले बजार बढेको हो ।

बुधबार कुल २२५ वटा कम्पनीको ३२ हजार ७८२ वटा कारोबारबाट ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको भएको छ ।

बुधबार सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । नेपाल फाइनान्स र रिलायन्स फाइनान्समा बुधबार पोजेटिभ सर्किट लाग्यो । सीइडीबी हाइड्रो, कर्पोरेट विकास बैंक, सिजिटन्स म्यूचअल फण्डसहित करीव एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - १६:०२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology