Logo

बुधवार, श्रावण २७ गते २०८३

images

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

दैनिकी न्यूज

३०, आषाढ २०७९
विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार
images

काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७७–८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ ।

बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले प्राप्त ऋणको उपभोग नै नगरिएकाले ऋण रकमममा समेत ब्याज तिर्नुपर्ने अवस्थामा रहेको भन्दै वैदेशिक स्रोतको उपयोग क्षमता बढाउन भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०६:२९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology