Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेप्से परिसूचक ७.९३ अंकले बढ्यो

नेप्से परिसूचक ७.९३ अंकले बढ्यो

दैनिकी न्यूज

३१, आषाढ २०७९
नेप्से परिसूचक ७.९३ अंकले बढ्यो
images

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८–२०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले
बढेको छ।

शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अंकले बढेर २००९ दशमलव ४७ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ५४ अंकले बढेको छ।

आज नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम घटेको छ। बिहीबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिद(बिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन्। जसमा लघुवित्त उपसमूहको परिसूचक १।५७ प्रतिशत बढेको छ।

त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन्। शुक्रबार ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जसमा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकको ऋणपत्रको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर यता, ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य ५.३१ प्रतिशत, माउण्टेन हाइड्रो र रिभर फल्स पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। एभरेष्ट बैंकको करिव ७ करोडको सेयर कारोबार भएको छ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - १५:४४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology