Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रधानमन्त्री देउवा पनि गभर्नर अधिकारीको राजीनामाको पक्षमा

प्रधानमन्त्री देउवा पनि गभर्नर अधिकारीको राजीनामाको पक्षमा

दैनिकी न्यूज

३१, आषाढ २०७९
प्रधानमन्त्री देउवा पनि गभर्नर अधिकारीको राजीनामाको पक्षमा
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

एम अधिकारी, खोटाङको नाममा नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले भन्नुभयो– नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?’

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो की होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथी झन आशंका बढेको हो । त्यसैगरी उनी यस अघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम अधिकारीको छद्म नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारीक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम अधिकारी देखाउन नसेकोकाले उनी नै उक्त विभागको सदस्य रहेको र सरकारको काममा पटक पटक असहयोग गर्दै आएको कुरा प्रमाणित भइसकेको छ ।

त्यसैगरी उनले आफ्नो शैक्षिक योग्यता ढाँटेर नियुक्ति लिएको समेत पुष्टि भइसकेको छ । सो विषयमा अदालतमा मुद्धा विचाराधिन रहेकै अवस्थामा उनले लगानी बोर्ड र गभर्नरको जिम्मेवारी निर्वाह गरेका हुन् ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - १५:५७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology