काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको १ करोड भन्दा बढि बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ५७ लाख ७० हजार ३१० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आइएमई जनरल इन्स्योरेन्सको ८ लाख १० हजार ३१० दशमलव २० कित्ता बोनस शेयर र हाइड्रोइलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।