Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेप्से सामान्य अंकले घट्यो

नेप्से सामान्य अंकले घट्यो

दैनिकी न्यूज

५, श्रावण २०७९
नेप्से सामान्य अंकले घट्यो
images

काठमाडौं । आज नेप्से सूचक सामाय अंकले घटेको छ । आज नेप्से ५.८७ अंकले घटेर दुई हजार ४४ दशमलब ७२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्य ३।१६ प्रतिशतले बढेर प्रतिकित्ता ३२६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १६:३०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology