काठमाडौं । आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज २ घन्टाको कारोबारमा बजार २७.२६ अंकले घटेर नेप्से परिसूचक २०१७.४६ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४० अंकले घटेर ३८६.२४ को विन्दुमा आएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका ३३ लाख २० हजार ५१२ कित्ता सेयर १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँमा किनबेच भएका छन्।
आज कारोबारमा आएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । यो दिन व्यापार समूह सर्वाधिक २.४८ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह समान २.१४ प्रतिशत, बैंकिङ समूह १.१ प्रतिशत, होटेल तथा पर्यटन समूह २.१३ प्रतिशत, विकास बैंक समूह २.०१ प्रतिशत, जलविद्युत समूह १.५३ प्रतिशत, वित्त समूह १.६८ प्रतिशत, निर्जीवन बीमा समूह ०.४ प्रतिशत, लघुवित्त समूह १.०८ प्रतिशत, जीवन बीमा समूह १.१३ प्रतिशत, म्युचुअल फन्ड समूह १.१७ प्रतिशत र लगानी समूह १.२९ प्रतिशतले घटेको छ ।
यो दिन शिवम सिमेन्टको सर्वाधिक २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख, गोर्खाज फाइनान्सको ४ करोड ९५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८३ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ३७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३ करोड १० लाख रुपैयाँ, अपी पावरको २ करोड ५५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको २ करोड ५२ लाख रुपैयाँ र कृषि विकास बैंकको २ करोड ४० लाख रुपैयाँ बढी कारोबार भएको छ।
आज किसान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले बढेको छ ।
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा घटेको छ ।