Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आइतबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आइतबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

दैनिकी न्यूज

८, श्रावण २०७९
आइतबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ११:५७:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology