काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।