Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आजदेखि मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्काशन

आजदेखि मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्काशन

दैनिकी न्यूज

९, श्रावण २०७९
आजदेखि मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्काशन
images

काठमाडौं । आजदेखि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दैछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १२ गते हुनेछ। सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २३ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ०८:२९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology