Logo

बुधवार, श्रावण २७ गते २०८३

images

यसरी बाँडफाँड भयो राप्ती हाइड्रोको आईपीओ

यसरी बाँडफाँड भयो राप्ती हाइड्रोको आईपीओ

दैनिकी न्यूज

९, श्रावण २०७९
यसरी बाँडफाँड भयो राप्ती हाइड्रोको आईपीओ
images

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओ सोमबार बिहान बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि र २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।


कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४ लाख ९१ हजार ७२२ जना आवेदकले १ करोड ६२ लाख ७६ हजार ६१० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार ४२४ जनाको आवेदन रद्द भएको छ भने १४ लाख ९० हजार २१८ जना आवेदकको मात्रै सदर भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १७ हजार ६९४ जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी १२ लाख ७४ हजार २८ जना आवेदकको हात रित्तो भएको छ ।

कम्पनीको आईपीको नतिजा सिदार्थ क्यापिटलको वेवसाइट, सिडिएससीको मेरो सेयरको वेवसाइट, सिडिएसले आईपीओको नतिजा हेर्न संचालनमा ल्याएको वेवसाइट र कम्पनीको वेवसाइटबाट हेर्न सकिन्छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ११:२२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology