Logo

बुधवार, श्रावण २७ गते २०८३

images

राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

दैनिकी न्यूज

१०, श्रावण २०७९
राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति
images

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । 

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०८:१०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology