Logo

बुधवार, श्रावण २७ गते २०८३

images

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

दैनिकी न्यूज

११, श्रावण २०७९
थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति
images

काठमाडौं। थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेवन) बाट अनुमति पाएका छन्। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन्।

खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

त्यस्तै इष्टर्न हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो। बोर्डले साउन ९ गते अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ,एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ। 

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०९:१५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology