Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरको एकान्तकुनामा टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यू

ललितपुरको एकान्तकुनामा टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यू

दैनिकी न्यूज

११, श्रावण २०७९
ललितपुरको एकान्तकुनामा टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यू
images

काठमाडौं । ललितपुरको एकान्तकुनामा भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् ।

गएराति ९ बजे रोकिराखेको बा ३ ख ५७७ नम्बरको टिपरमा वाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक खोटाङ घर भइ ललितपुरको ठेचो बस्ने २३ वर्षका ठगिन्द्र राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अल्का हस्पिटलमा मृत्यू भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०९:२०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology