Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१२, श्रावण २०७९
सुनको भाउ बढ्यो
images

काठमाडौ । बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १५५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण १२, २०७९ बिहिवार - १०:५२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology